Grill

Sunday, April 21, 2019

नेपालको -सुदुरपश्चिम अवस्थित खप्तड ।.


सुदुरपश्चिमको रंगिन खप्तड                                                                                                                                                फूलैफूलको मैदानले भरिएको खप्तड यति रमाइलो देखिन्छ कि स्वर्गमा पुगेजस्तो लाग्छ ।सेतो ,निलो ,रातो ,बैजनी,पहेंलो आदि रंगीबिरंगी फूलहरू देखेपछि मनै आनन्द हुन्छ ।साथै ती फुलहरुबात निस्कने मगमग बास्नाले मनलाई लट्ठ पारिदिन्छ ।त्यहाँको फुल बास्ना हेर्न अथबा रमाइलो अनुभब गर्न विभिन्न देशका हजारौं tourist खप्तड पुने गर्छन लामो उकालो घन्टौ सम्म चढेर पुगिने  खप्तडको पाटनमा फूलैफूलको मनोरम दृश्य देख्दा थकान पलभरमै मेटिन्छ फुलफुल्ने बेलाको खप्तडलाइ शब्दमा बयान गरेर साध्य छैन     यहाँ उकाली ओराली गर्दा अनि बाटो बिर्सेर हराउँदा भोक प्यासको मतलब हुन्दैन खप्तडको जति बयान गरे पनि अधुरो नै रहन्छ बर्षको बार्ह महिनामा आठ महिना अर्थात् हिउंद्कोचार महिना बाहेक यहाँ फुलैफुलले धक्कमक्क हुन्छ घोडा दाउन्ना पतन, खप्तडी पाटन , बुकी दहमा सबै भन्दा बाक्लो फुल फुल्छन भनेर यहाँका बासिन्दाले भन्छन।खप्तड राष्ट्रिय  निकुञ्ज कार्यालयले गरेको अध्यन अनुसार बुकी, जाइ जुइ ,चमेली ,सुनाखरी ,गुराँस ,चांप ,चिमालो ,प्याउली लगाएत १३५ प्रजातिको फुल फुल्छन ।अन्य थुप्रै प्रकारको फुलबारे अनुसन्धान गर्न बाँकि नै भएको बताइन्छ  
                                                                                                              
    हिमाली छेत्र भएपनि यहाँ हरियाली जंगल जंगल भित्र गुराँस, लालीगुराँस ,चिमाला जस्ता फूलहरुले भरिएको पाटन ,झोती, जंगल ,थरिथरिका फूल कन्चंसंगे कलकल बगिरहने खोला ,खोसा ,पाटन जंगलमा लुकामारी खेल्दै tourist लाई जिस्क्याउने जंगली जनावर ,चराहरुको चिरबिर चिरबिर खप्तड बाबा आश्रम खप्तड दह ,त्रिवेणी सबै एक अर्कामा परिपुरक लाग्छन ,खप्तडको रहस्यमयी जैविक बिबिधताले जोसुकैलाई प्रफुल्ल बनाउँछ
                                                                                                                               
      त्यसैले खप्तड बाबाले जिबनको उतारार्ध्वका झन्डै ५५ बर्ष खप्तड कुटीमा बिताएका थिए ।उनले लामो समय किन बिताएका थिए भन्ने अझै रहस्यमै ।जानकारहरुका अनुसार उनि एलोपेथिक डाक्टर थिए ।उनले मृत्युको दिन तोकिदिएका बिरामी जडिबुटी लिएर सन्चो भएका थिए त्यसपछि उनि अस्चार्यमा परे  आफै जडिबुटीको रहस्य खोज्न साधु बनेको कथा खप्तड बाबाले बताउने गरेको स्थनीय बासिन्दाले सुनाउछन उनि मानिसका लागि कहिल्यै नमर्ने औषधि खोज्न चाहन्थे त्यहि क्रममा उनि खप्तड आइपुगेका थिए जीवनका अन्तिम दिनहरुमा उनले आफुले संजीवनी बुटी खप्तडमा फेला पारेको तर नटिपेको बताउने गरेको लामो समय उनको सहयोगीका रुपमा काम गरेका बझांग खप्तड छान्नाका एक व्यक्तिले बताए
                                                                                                                             
      बाबाले खप्तडमा बसेर विचार बिज्ञान ,स्वास्थ्य बिज्ञान , लगायत दर्जनौ पुस्तक लेखेका थिए प्रकृतिको काख पाउदा मानव जीवन दिर्घायु भन्ने गतिला उदाहरण हुन खप्तड बाबा उनि ११६ बर्ष जीवित रहे ।यसबाट थाहा हुन्छ कि खप्तडका फुलहरुले आकर्ष मात्र गर्दैन , अचुक औषधिको काम  पनि गर्छन खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती ब्यबश्थापन समितिका अदछ्य राम प्रसाद उपाध्यायको अनुसार यहाँ पाइने कुनै फुल फुल्ने बिरुवाबाट २४ भन्दा बढी प्रकारको रोग निको पार्छन पाटनमा फैलिने महँगो अटर बिर्साउने बास्ना कुन फुलेको हो स्थानीयले बाहेक अरुले ठम्याउनै सक्दैन
                                                         खप्तडमा बार्है महिना घुम्न सकिन्छ ।यहाँ फुल्ने फूलहरुको द्रिस्यब्लोकन गर्न चैत्र देखि मङ्सिरसम्म उपयुक्त मानिन्छ ।हरेक मौसममा खप्तडक पतान्हारुले फुलको टन्न फेर्छन बैशाख ,जेठ पहेला बैजनी रंगका देखिने यहाँका पातान्हारू असार साउन तिर राताम्मे हुन्छन ।भदौ असोजमा खप्तड बहुरंगी देखिन्छ ।कार्तिक मंसिरमा फुल्ने फूलहरुको संख्या काम भए पनि सुन्दरता भन्ने मनै लोभ्याउने हुन्छन                  खप्तड राष्ट्रिय निकुञ्ज सुदुर्पस्चिमका चार पहाडी जिल्लाहरु ,बझांग ,बाजुरा ,डोटी ,अछामको संगमस्थल पर्छ ।समुन्द्र सतहबाट २४०० देखि ३७००मितर उचाइमा फैलिएको खप्तडको छेत्रफल २२५ बर्गकिलोमिटर   खप्तडको त्रिवेणी मन्दिर त्यस वरपर २२ वटा ठुला पाटन छन् ।जता हेरे पनि उस्तै लाग्छन ।खप्तड बाबा आश्रम त्रिवेणी सहस्रलिङ्ग ,खप्परदह शिव मन्दिर ,नागढुंगा ,केदारढुंगा  खप्तड दह लगायत स्थान हरु निकै प्रख्यात छन् प्राकृतिक ,सांस्कृतिक ,धार्मिक एतिहासिक तवरले प्रख्यात भएकै कारण दुरदराजमा भएपनि खप्तडको रहस्यभित्र  रम्न बर्षेनी हजारौ tourist पुग्छन बिशेष गरि हिन्दु धर्मालम्बीका लागि पाटन तिर्थस्थल भएकाले गंगा दशहरा ,जनैपूर्णिमा जस्ता धार्मिक पर्ब हरुमा हजारौं तिर्थयात्री हरु मेल भर्न खप्तडको यात्रा गर्दछन